तपाईँ सुन्दै हुनुहुन्छः

भिमाद नगरपालिका छुवाछुत तथा विभेदमुक्त घोषणा हुने

तनहुँ । तनहुँको भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरलाई सबै प्रकारका विभेदको अन्त्य गरी छुवाछुत मुक्त नगर घोषणा गर्ने भएको छ ।

 नगर प्रमुख मेखबहादुर थापाले आर्थिक वर्ष २०७८/७९ को नीति, तथा कार्यक्रमहरू सार्वजनिक गर्नुहुँदै संवैधानिक र कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि नगरलाई छुवाछुतमुक्त गरिने बताउनुभयो । थापाले भिमाद नगरपालिकामा सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु अबको आवश्यकता भएको बताउनुभयो । 

उहाँले नीति तथा कार्यक्रममा नै समेटेर लक्षित वर्गलाई विकासको मूलधारमा ल्याउने नगरपालिको उद्देश्य रहेको स्पष्ट पार्नुभयो । नेपालको संविधान २०७२ को प्रस्तावनामा नै वर्गीय, जातीय, क्षत्रिय, भाषिक, धार्मिक,लैङ्गिक विभेद तथा सबै प्रकारको छुवाछुत जन्य कार्यको अन्त्य गरिसकेको छ । संविधानमा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधको रुपमा दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button