तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र गानका गायकमध्येका थापाको कोरोनाबाट मृत्यु

काठमाडौँ । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको आज निधन भएको छ । 


झापाको मेचीनगर नगरपालिका–३ बडाखाल निवासी थापालाई गत आइतबार कोरोना सङ्क्रमणपछि उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी हस्पिटल भर्ना गरिएकोमा आज बिहान मृत्यु भएको हस्पिटलले जनाएको छ । 


उहाँकी पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button