तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ का चार पत्रकार सम्मानित

विराटनगर । प्रदेश न १ सरकारले प्रादेशिक पत्रकारिता पुरस्कार–२०७८ वाट चार जना पत्रकारलाई नगदसहित सम्मान एवं पुरस्कृत गरेको छ । 


प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील पत्रकारलाई रु १ लाख नगद तथा सम्मान पत्रसहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरूमा गन्जबहादुर दाहाल झापा, कौशल चेमजोम उदयपुर, गोविन्द चन्द क्षेत्री झापा तथा ललिता भटराई मोरङ हुनुहुन्छ ।


उहाँहरूलाई प्रदेश न १ का मुख्यमन्त्री शेरधन राई तथा आन्तरिक मामिला तथा कानुनमंत्री हिकमत कुमार कार्कीले सम्मान एवं पुरस्कृत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button