तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र न २मा तीन ओटा पक्की पुल बन्ने

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्ला सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ मा तीन वटा पक्की पुल निर्माण हुने भएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ‘स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजना ‘शीर्षक अन्तरगत ,तालामाराङ भट्टार मोटरेबल पुल,कलुङखोला मोटरेबल पुल हेलम्बु -५ र सिपाखोला पुल ,अर्चले बुढिचौर ,इन्द्रावती -८ मा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरिएको हो ।

२०७१ सालबाट पहल गरिएको तर विविध कारणले निर्माण हुन नसकेका मोटरेबल पुलहरूको लागी यस बर्ष रकम विनियोजन गरिएको र छिटोभन्दा छिटो टेन्डर प्रक्रियामा लैजान सम्बन्धित निकायलाई निर्देशन गरिने पूर्व मन्त्री शेर बहादुर तामाङले बताउनुभयो ।

गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदिमा आएको भीषण बाढिका कारण सो क्षेत्रका ५ वटा पक्की पुल बगाएको हुँदा हेलम्बु ,पांचपोखरी थाङपाल , इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका केही वडाहरू सडक सञ्जालबाट विमुख भएको अवस्थामा सो पुलहरु निर्माण हुँदा स्थानीय उपभोक्ताहरूलाई ठुलो राहत मिल्ने तामाङका स्वकीय सचिव निर्मल बन्जाराले बताउनुभयो । विगत लामो समयदेखि समस्यामा रहेका स्थानीयबासीहरुलाई उक्त पुलहरु निर्माण भए राहत मिल्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button