तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त निर्वाचन आयुक्तको शपथ

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष रुपन्देहीका आयुक्त राणाले शपथ लिनुभएको हो । 

निर्वाचन आयुक्त राणाले आजै पद बहाली गर्नुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ । हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले  संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधवार पुगेपछि संवैधानिक व्यवस्थानुरुप उहाँको शपथ  र पद बहाली भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button