तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीका स्थानीय तहहरूद्वारा बजेट सार्वजनिक

धनगढी । कैलालीका स्थानीय तहहरूले आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका छन् ।  आज पालिका सभामा स्थानीय तहहरूले आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेका हुन् । स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, स्वरोजगारी, पूर्वाधार विकास लगायतका क्षेत्रलाई बजेटमा प्राथमिकता दिएका छन् ।

आगामी आर्थिक वर्षका लागी कैलालीमा सबैभन्दा ठुलो आकारको बजेट धनगढी उपमहानगरपालिकाले १ अर्ब ८१ करोड बढीको बजेट सार्वजनिक गरेको छ । यसै गरी गोदावरी नगरपालिकाले १ अर्ब १८ करोड ७१ लाख, लम्कीचुहा नगरपालिकाले १ अर्ब १० करोड २८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।

यस्तै घोडाघोडी नगरपालिकाले ८९ करोड ९९ लाख, टीकापुर नगरपालिकाले ७५ करोड ८८ लाख ९५ हजार, जानकी गाउँपालिकाले ७९ करोड ३० लाख, कैलारी गाउँपालिकाले ६३ करोड ५ लाख, बर्दगोरिया गाउँपालिकाले ४४ करोड ७० लाख, चुरे गाउँपालिकाले ४३ करोड ७० लाख बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button