तपाईँ सुन्दै हुनुहुन्छः

वीरेन्द्रनगरले ल्यायो डेढ अर्ब बढीको बजेट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको छ । 

नगर सभामा बिहीबार उपप्रमुख मोहनमाया ढकालले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको प्रस्तावित बजेट सार्वजनिक गर्नु भएको हो । 

उहाँले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३१ लाख ३६ हजारको बजेट सार्वजनिक गर्नु भएको छ । उहाँका अनुसार सशर्त तर्फ ४ करोड ८९ लाख ६३ हजार, सामाजिक विकास तर्फ १३ करोड २४ लाख ७२ हजार र पूर्वाधार तर्फ १८ करोड २२ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ । 

वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ करोड ५ लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ६ करोड ८ लाख १६ हजार बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button