तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ६० घरधुरीलाई निःशुल्क सोलार

अछाम । अछामको चौरपाटी गाउँपालिकाका एक सय ६० घरधुरीलाई निःशुल्क सोलार सेट वितरण गरेको गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौँको आर्थिक सहयोग, सोलार होम्स सीआरसी नेपाल जेभि कम्पनी तथा चौरपाटी गाउँपालिकाको समन्वयमा सोलार वितरण गरिएको हो ।

गरिबीको रेखामुनि रहेका तथा उज्यालोबाट वञ्चित रहेका घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालोबाट वञ्चित भएका स्थानीय सोलार पाउँदा खुसी भएका छन् । निःशुल्क सोलारका लागि २०७७ सालमा आवेदन मागेकोमा ३ सय जना बढीले आवेदन दिए पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको मापदण्ड पूरा गरेका १६० घरधुरी छनोटमा परेको सोलार होम्स सीआरसी नेपाल जेभि कम्पनीका प्रतिनिधि प्रेमराज पाण्डेले जानकारी दिनु भयो ।

विद्युतको सुविधा नपुगेका, आर्थिक अवस्था कमजोर रहेका घरपरिवारले निःशुल्क सोलार प्राप्त गरेपछि लाभग्राही खुसी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button