तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ

वीरगंज । वीरगन्ज महानगरपालिकाको ९ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट तथा नीति कार्यक्रम नगर प्रस्तुत गर्नु भएको थियो । 

वीरगंज महानगरपालिकाले ल्याएको बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय र वित्तीय तर्फ ६ करोड ७० लाख ६४ हजार विनियोजन गरिएको छ ।

महानगरले कुल खर्च मध्ये आर्थिक विकास क्षेत्रमा १० करोड ८ लाख ३० हजार, सामाजिक विकास क्षेत्रमा १ अर्ब १५ करोड ५८ लाख ७२ हजार, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ३५ करोड ६६ लाख १८ हजार, सुशासन तथा अन्तर सम्बन्धी क्षेत्र तर्फ १३ करोड ३२ लाख ७४ हजार र कार्यालय तर्फ ८० करोड ७३ लाख ४३ हजार छुट्याएको छ ।

उद्घाटन सत्र पछि वीरगंज स्थित एक रिर्सोटमा सम्पन्न नगर सभाको बन्दसत्रले वीरगंज महानगरपालिकाको कर्मचारीहरूको व्यवस्थापन गर्नका लागि बनाइएको विधेयक २०७८ अनुसार चालु आर्थिक वर्षको असार मसान्त सम्म स्थायी भएको ४ बर्ष पुगेका कर्मचारीहरूलाई एक तह बढुवा गरी समायोजन गर्ने निर्णय गरेको छ । 

नगर सभामा महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, बोर्ड सदस्य, वडा सदस्य, सहित महानगरपालिकाका कर्मचारी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button