तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सुनसहित दुई युवक पक्राउ

लहान। सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोल बजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोल बजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोल बजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिनुभयो । पक्राउ परेको सुनसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button