तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त युसुफ पक्राउ

सप्तरी । सप्तरी प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का मो. युसुफ रहेका छन् ।


२०७७ चैत्र १९ मा उच्च अदालत जनकपुर संयुक्त वाणिज्य इजलास जनकपुरले युसुफलाई १० दिन कैद र ७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।


पक्राउ परेका युसुफलाई बुधवार जिल्ला अदालतमा पेस गरिएको र उनलाई राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button