तपाईँ सुन्दै हुनुहुन्छः

केही खुकुलो गर्दै चितवनमा असार १७ सम्म निषेधाज्ञा थपियो

चितवन । चितवनमा अघिल्ला निशेधाज्ञामा भन्दा केही खुकुलो गर्दै एक साताको लागि निषेधाज्ञा थप गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै असार १७ सम्म निषेधाज्ञा थप गरेको जानकारी दिएको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा असार १० गते सकिँदै छ । जिल्लामा कोभिड सङ्क्रमणको जोखिम अझैसम्म उच्च रहेको र यसको न्यूनीकरण र रोकथामका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जनाइएको छ ।

अघिल्ला निषेधाज्ञा भन्दा थप गरिएको यो निषेधाज्ञा केही खुकुलो गरिएको छ । अधिकांश व्यापार व्यवसाय स्वास्थ्य मापदण्ड पालना गर्दै मध्यान्ह १२ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै मालपोत, नापी, यातायात व्यवस्था कार्यालय लगायतका बढी भिडभाड हुने सरकारी निकाय कार्यालयहरूमा न्यूनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।
सार्वजनिक सवारीसाधनमा पूर्णतया रोक लगाईएपनि अत्यावश्यक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन ।

निजी सवारीसाधनको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्रणालीमा ५० प्रतिशत यात्रु राखेर चलाउन पाइने छ । दोस्रो लहरमा जारी निषेधाज्ञा यो समेत गरी ७ औँ पटक थपिएको हो । गत वैशाख १६ गते बाट चितवनमा दोस्रो लहरको पहिलो पटक सुरु गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button