तपाईँ सुन्दै हुनुहुन्छः

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेस भएको छ ।आर्थिक वर्ष २०७८/२०७९ का लागि नगर सभाको सोमबार सुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ रु एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ को बजेट विनियोजन गरिएको छ । सभामा पेस गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिनुभयो ।

बजेटमा कोभिड–१९ बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसै गरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button