तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु

बागलुङ । बागलुङमा मङ्गलवार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–३ रात्माटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ नगरपालिका–१२ का १८ वर्षीय सरोज भन्ने टिका भेटवालको उपचारका क्रममा मृत्यु भएको हो । 

मङ्गलवार बिहान ६ बजे ट्याक्टर अनियन्त्रित भई सडकबाट खस्दा ट्याक्टरले च्यापिएर घाइते भएका सह–चालक भेटवाललाई चालकले उपचारका लागि धौलागिरी अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लि मगरले जानकारी दिनुभयो  । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको  नाम ठेगाना भने खुलाइएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button