तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालमा आज एक सङ्क्रमितको मृत्यु

टीकापुर, कैलाली । टीकापुर अस्पतालमा पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै टीकापुर अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिनुभयो । 

आज ६ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । योसँगै टीकापुर अस्पतालबाट अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या १ सय ८८ पुगेको छ । अहिले अस्पतालमा १२ जना कोरोनाका लक्षण देखिएका बिरामीहरूको उपचार भइरहेको छ । 

१२ जनामध्ये ५ जनाको एचडियुमा, ५ जनाको कोरोना जनरल वार्डमा र २ जनाको अक्सिजनसहित चिकित्सकको निगरानीमा उपचार भइरहेको व्यवस्थापक टेकराज भट्टले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button