तपाईँ सुन्दै हुनुहुन्छः

कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूतमा युवराज खतिवडा नियुक्त

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडा कोस्टारिकाको लागि गैरआवासीय राजदूत नियुक्त हुनु भएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button