तपाईँ सुन्दै हुनुहुन्छः

माछापोखरीमा डुबेर मृत्यु

झापा। माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर बेपत्ता हुनुभएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर बेपत्ता हुनुभएको थियो ।नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता भए लगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो ।

उहाँको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ । उहाँ नगरप्रमुखको घरमा पाँच वर्षदेखि स–परिवार बस्दै आउनु भएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button