तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप, केही खुकुलो

file photo

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप गरिएको छ ।


काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 


काठमाडौँ उपत्यकामा थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो  ।

निजी सवारी तथा ट्याक्सीहरूलाई जोर–बिजोरअनुसार चल्न दिइने निर्णय भएको प्र.जि.अ. पराजुलीले बताउनुभयो । 


यस्तै आइतबार, मङ्गलवार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुँडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल र ‘सोमबार, बुधवार र शुक्रवार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइने प्र.जि.अ. पराजुलीले बताउनुभयो ।  खाद्यान्न, दूध, किताब पसल लगायतका पसलहरू बिहान ११ बजेसम्म र निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिने प्र.जि.अ. पराजुलीले बताउनुभयो ।  


रेस्टुरेन्ट, होटेलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् । 


शनिबार अत्यावश्यक बाहेक अरू पसलहरू बन्द गर्नुपर्ने र सरकारी कार्यालय आलो–पालो गरी खुला गर्नुपर्ने निर्णय भएको प्रजिअ पराजुलीले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button