तपाईँ सुन्दै हुनुहुन्छः

बाढीका कारण महाकाली नदीको पक्की पुल निर्माण कार्य रोकियो

कञ्चनपुर।महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएपछि पुलको निर्माण कार्य रोकिएको छ ।

भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिनुभयो ।

महाकाली पक्की पुलको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button