तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत सितापुर भङ्गा ६ महोत्तरीका ४५ वर्षीय पुरुष र भेरी अस्पतालमा उपचाररत टिकापुर १ कैलालीकी ७५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४७ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button