तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा २ हजार बढीले भेरोसेल खोप लगाए

धनकुटा । धनकुटाका जम्मा २ हजार ५३ जनाले कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएका छन् । 

गत जेष्ठ २७ गते देखी आज सम्म जिल्लाका उल्लेखित सङ्ख्याका नागरिकलाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय प्रमुख तुलसी प्रसाद गुरागाईँले जानकारी दिनुभयो । पालिकाहरूमा पठाइएका मध्ये केही खोप फिर्ता आएकोले अव अन्य सरोकारवाला पक्ष समेत सँग सल्लाह गरेर बाँकी खोप थप नागरिकलाई लगाइने उहाँले बताउनुभयो ।  

नेपाल सरकारले छिमेकी मुलुक चीनबाट प्राप्त गरेको भेरोसेल खोप जिल्लाका ६२ देखी ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो मात्रा लगाइएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २ हजार २ सय २० भायल खोप प्राप्त भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button