तपाईँ सुन्दै हुनुहुन्छः

चरीकोट अस्पताल पशुपति चौलागाईँ स्मृति अस्पतालमा रूपान्तरण

चरीकोट। प्रस्तावित चरीकोट अस्पताल पशुपति चौलागाईं स्मृति अस्पतालमा रूपान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य स्व नेता चौलागाईंको सम्झनास्वरुप सो अस्पताललाई ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’का नाममा नामकरण गरेको हो । यही असार १ गते बसेको वाग्मती प्रदेशसभाको बैठकले अस्पतालको नाम रूपान्तरण गर्ने निर्णय गरेको वाग्मती प्रदेश सदस्य तथा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले जानकारी दिनुभयो ।

स्व नेता चौलागाईँको स्मृतिमा नामकरण गरिएको अस्पताल दोलखाको भीमेश्वर नगरपालिका–४ चरिकोटबाट सञ्चालन हुँदै आएको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र हो । विसं २०७२ को भूकम्पपश्चात् स्वास्थ्यको क्षेत्रमा काम गर्ने न्याय हेल्थ नामक संस्थाले दक्ष चिकित्सकसहितको व्यवस्थापनमा सञ्चालन गर्दै आएपछि प्रदेशस्तरीय अस्पताल बनाउनका लागि स्थानीय तहले चरिकोट अस्पतालका नाममा प्रस्ताव गरेको थियो । अस्पतालले दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दीमा प्रसूति सेवा, ओपिडी सेवा, शल्यक्रियासहित एचडियुसहितको सेवा प्रदान गर्दै आएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button