तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खोलामा आएको बाढीले व्यापक धनजनको क्षति

चौतारा । मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिका पाल्चोक, शेराकी ६२ वर्षीय टीका देवी खड्का बेपत्ता हुनु भएको छ । मङ्गलवार राति आएको बाढीले  कम्तीमा ७ जना बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

मेलम्ची खानेपानीको आयोजनाको मुहान क्षेत्र नाकुते हुँदै आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु र चनौटे बजारमा ठूलो क्षति पुर्‍याइएको छ । 

बाढीले खोला आसपासका माछा फर्म तथा घरहरू पनि बगाएको छ । त्यस्तै मेलम्ची बजारमा रहेको आमा ह्याल्मो बसपार्कका  सबै घर टहराहरू बगाएका छन् । बाढीले मेलम्ची चौतारा जाने पक्की पुल, बहुउद्देश्यीय कभर्ड हल, मेलम्ची फनपार्क पनि बगाएको छ ।  

रातको समयमा बाढी आएकोले कहाँ के कति क्षति भयो भन्ने यकिन विवरण आई नसकेको सहायक प्रमुख जिल्ला बाबुराम खनालले बताउनु भयो । 

खोलाको बहाव एक्कासि बढ्न थालेपछि नदी किनार आसपासका स्थानीयहरू सुरक्षित स्थानतिर लागेर ज्यान बचाएको स्थानीय सागर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button