तपाईँ सुन्दै हुनुहुन्छः

केही खुकुलो बनाउँदै पाँचौं पटक थपियो सल्यानमा निषेधाज्ञा

सल्यान । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले पाँचौं पटक निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाउँदै प्रशासनले पाँचौं पटक थप गरेको हो । 

कोभिड–१९ व्यवस्थापन केन्द्र सल्यानको मङ्गलवार बसेको बैठकले असार ३ गते बिहान १ बजेदेखि असार १० गते राती १२ बजेसम्म एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । बैठकले होटल रेष्टुरेन्ट, खाजा नास्ता, पसल, शैलुन, ब्युटी पार्लर, बाहेकका अन्य पसल व्यवसाय स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्ने गरी बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको छ । यस्तै जिल्लामा सबै सम्पूर्ण बैठकहरु नियमित रुपमा सञ्चालन गर्न पाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो । 

निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ । तरकारी, फलफूल,माछा मासु,दाना, एग्रोभेट , दूध डेरी खाना पकाउने ग्यास , खसी बोका ढुवानी, रासायनिक मल, बोटबिरुवा ढुवानीका लागि सवारी साधनमा ब्यानर प्रिन्टमा उल्लेख गरी सञ्चालन गर्न पाइने निर्णय भएको उनको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button