तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा ७० हजार सङ्क्रमित थपिए

Ind

काठमाडौं । भारतमा कोरोनाभाइरसका ७० हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ लाख ९२ हजार १५२ नमूना परीक्षण गरिएकोमा ७० हजार ४२१ मा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कुल सङ्क्रमित दुई करोड ९५ लाख १० हजार ४१० पुगेको छ । सङ्क्रमण पुष्टि हुने दर ४.७२ प्रतिशत छ । सक्रिय सङ्क्रमित नौ लाख ७३ हजार १५८ जना छन् । ६६ दिनपछि भारतमा पहिलो पटक सक्रिय सङ्क्रमित दशलाखभन्दा कम भएको हो ।
पछिल्लो चौबीस घण्टामा एक लाख १९ हजार ५०१ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ८१ लाख ६२ हजार ९४७ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर ९५.४३ प्रतिशत पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ९२१ जना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट तीन लाख ७४ हजार ३०५ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म २५ करोड ४८ लाख ४९ हजार ३०१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button