तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ का प्रमुख झाद्वारा मन्त्रीपरिषद् समावेशी बनाउन आग्रह

जनकपुरधाम । प्रदेश २ प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद् समावेशी बनाउनका लागि ध्यानाकर्षण गर्नुभएको छ ।
प्रदेश २ सरकार समावेशी नभएको भन्दै चर्को विरोध भइरहेको बेला प्रदेश प्रदेश प्रमुख झाले प्रदेश सरकारलाई पत्र लेखेर नै ध्यानाकर्षण गर्नुभएको हो । प्रदेश २ को सरकार बनाउँदा गैर मधेसी (पहाडे समुदाय) लाई समावेश नगरिएको, महिलालाई प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई आज चार पृष्ठ लामो पत्र पठाउनुभएको छ ।
पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा पहाडे समुदाय, महिला र दलितहरूलाई उचित स्थान दिन उल्लेख रहेको छ । संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने भनेको प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई स्मरण गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button