तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट फर्किएकालाई सीमा नाकामा खाजा खुवाउँदै ‘डिप्रोक्स’

कञ्चनपुर। पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट फर्कने नेपालीलाई विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स)ले निःशुल्करुपमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

तीन साताको अवधिमै केद्रले तीन हजार ५०० जनालाई खाजा खुवाएको छ । भारतबाट फर्कनेलाई सीमा नाकामा स्वास्थ्य परीक्षणपश्चात् होल्डिङ सेन्टरमा पु¥याइएपछि खाजा खुवाइने गरिएको छ । खाजाका रुपमा फलफूल, चाउचाउ र बिस्कुट दिइने गरिएको छ ।

खाजा वितरणका लागि चार कर्मचारीलाई बिहान ६ः०० बजेदेखि दिउँसोसम्म खटाइने गरिएको छ । “कोरोना महामारीलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका बेला भारतबाट फर्किएकालाई खाजा पाउन निकै मुस्किल छ”, केन्द्रका प्रमुख प्रशिक्षक अतिना बोहरा मडैले भन्नुभयो, “त्यै भएर एक छाक भए पनि खाजा खुवाउन थालिएको छ ।”

भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि गड्डाचौकी भएर नेपाली घर फर्किन थालेका थिए । अहिलेसम्म घर फर्किने क्रम रोकिएको छैन । घर फर्र्किएकाहरुले तीन दिनसम्म भोकै भएको पीडासमेत सुनाउने गरेको मडैले बताउनुभयो । डिप्रोक्स नेपालले कृषि क्षेत्रमा महिलाको सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button