तपाईँ सुन्दै हुनुहुन्छः

बेल्जियमको रुसमाथि सहज जित

काठमाडौं। बेल्जियमले रुसमाथि सहज जित हात पारेको छ । यूरो कप फुटबल २०२० अन्तगर्त गए राति सम्पन्न समूह बी को दोस्रो खेलमा बेल्जियमले रुसमाथि ३–० को सहज जित हात पारेको हो ।

बेल्जियमको जितमा रोमेलो लुकाकुले दुई गोल गर्नुभयो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफको उत्तराद्र्धतिर गोल थप्दै रुसलाई ३–० ले हरायो । पहिलो हाफको दशौं मिनेटमा रोमेलो लुकाकुले रुसी खेलाडी आन्द्रे सेमेनोभको गलतीको फाइदा उठाउँदै गोल गर्नुभयो । ३४ औं मिनेटमा रोबर्टो मार्टिनेजले पहिलो हाफ सकिन दश मिनेट बाँकी छँदा गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाउनुभयो ।

८८ औं मिनेटमा लुकाकुले आफनो दोस्रो गोल पुरा गर्दा बेल्जियमले रुसलाई हराउँदै तीन अङ्क जोड्न सफल भयो ।जितसँगै बेल्जियम समूह बी को शीर्ष स्थानमा उक्लिन सफल भयो । डेनमार्कमाथि जित हात पारेर तीन अङ्क नै बटुलेको फिनल्याण्ड दोस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button