तपाईँ सुन्दै हुनुहुन्छः

मैदानमै ढल्न पुगेका मीडफिल्डर एरिकसन होसमा आए

काठमाडौं। डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन होसमा आउनुभएको छ । यूरोकप फुटबल २०२० अन्तगर्त गए राति फिनल्याण्ड बिरुद्धको खेलमा डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन मैदानमै ढल्न पुगेका थिए ।

२९ वर्षीय इन्टर मिलानका खेलाडीको अवस्था स्थिर रहेको आयोजक यूरोपेली फुटबल संघले जनाएको छ । एरिकसन ढल्न पुग्दा कोपनहेगनमा पहिलो हाफ अघि नै खेल स्थगित भएको थियो । उहाँलाई तात्काल मैदानमै आपातकालीन उपचार गरिएको थियो । केही समयपछि सुरु भएको खेलमा फिनल्याण्डले १–० को जित हात पारेको छ ।

यूरोपेली फुटबल संघले दुबै टोलिका खेलाडीको सहमतिमा खेल सुचारु गरिएको जनाएको छ । हाफटाइम सकिनै लाग्दा एरिकसनका लागि फालिएको पासलाई प्रहार गर्ने क्रममा उहाँ ढल्न पुग्नुभयो । खेल रेफ्रीले तात्कालै आपातकालीन प्राथमिक उपचारको लागि मैदानमा चिकित्सकको टोलि बोलायो । तर उहाँ होसमा नआएपछि अस्पताल लगिएको थियो । उहाँको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button