तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी करिडोर चार दिनपछि पुनः सञ्चालन

file-photo

पर्वत । पहिरोले अवरुद्ध बनेको उत्तर–दक्षिण जोड्ने  सबैभन्दा छोटो कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ ।

पर्वतको बिहादी गाउँपालिका–२, खबराको भीरमा पहिरो खस्दा गत चार दिनदेखि अवरुद्ध सडक आजदेखि पूर्ण रुपमा सुचारु भएको हो ।
भिर माथिबाट ढुंगामाटोसहितको ठुलो पहिरो आउँदा सडक अवरुद्ध भएको थियो । डोजर लगाएर शुक्रवार दिनभरिमा पहिरो पन्छाएपछि अवरुद्ध सडक नियमित बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो । पहिरो झर्ने क्रम भने नरोकिएकाले जोखिम कायमै रहेको भुसालले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button