तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित ३ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौर बस्ने २७ वर्षीय टेक बोहरा, भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुर बस्ने १८ वर्षीया पवित्रा क्षेत्री र वेदकोट नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय ओमप्रकाश भट्टलाई पक्राउ गरेको हो ।
भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना भन्ने ठाउँमा बसिरहेका उनीहरू तीनै जनाको साथबाट ६.०२ ग्राम लागु औषध चरेस जस्तो देखिने कालो पदार्थ समेत बरामद गरिएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button