तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम शुक्रबार बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

यसअघि नीति कार्यक्रमका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभामा राजनीतिक असमझदारीको चक्र शुरु भएको बताउनुभयो ।

त्यसक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशले कोभिड–१९ बाट सङ्क्रमितका लागि आइसोलेशन र कोरोना विशेष अस्पताल सबैभन्दा बढी निर्माण गरेको, आइसियु श्ययामा चमत्कारिक उपलब्धि हासिल गर्नाका साथै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button