तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश प्रमुखद्वारा वैकल्पिक सरकार बनाउन आव्हान

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र प्रदेश सरकार गठनको लागि आह्वान गर्नुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख पौडेलले भोलि अर्थात् शनिबार दिउसो ३ बजेसम्म वैकल्पिक सरकार गठनका लागि समय दिनुभएको छ ।
जेठ २७ गते मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको थियो । जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्नुभएको थियो भने युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे भनिने राजीव गुरुङ अनुपस्थित हुनुहुन्थ्यो ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसद चाहिन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button