तपाईँ सुन्दै हुनुहुन्छः

सिभिल बैङ्कको सिइओमा पोखरेल नियुक्त

काठमाडौँ। सिभिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैङ्कको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।

गत वैशाख १८ गते बैङ्कका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहनुभएका पोखरेल नियुक्त हुनुभएको हो । उहाँले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैङ्कको डेपुटी सिइओमा नियुक्ति लिनुभएको थियो ।

सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैङ्किङ सेवामा प्रवेश गर्नुभएका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैङ्क हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैङ्कमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैङ्कमा लामो समय काम गरेको अनुभव रहेका कारण उहाँलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैङ्करका रुपमा लिने गरेका छन् । उहाँसँग विदेशी बैङ्कमा तीन वर्ष काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button