तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ ।

बिहीबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button