तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरबाट लड्दा कामदारको मृत्यु

सुनसरी । सुनसरीको धरान–८ स्थित राजमार्गमा ट्याक्टरबाट लड्दा कामदारको मृत्यु भएको छ ।
आज बिहान साढे ११ बजे को १ त ६७ नम्बरको धरान उप–महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोही ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह–६ का ५० वर्षीय बाबुराम पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका पौडेलको धरान स्थित बिपी अस्पताल धरानमा उपचारको क्रममा बुधवार १२ बजे मृत्यु भएको थियो । प्रहरीले ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button