तपाईँ सुन्दै हुनुहुन्छः

पेस्तोल सहित दुई जना पक्राउ 

सुनसरी । मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राइफलको गोली सहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ वर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदम कुमार लिम्बुलाई मङ्गलवार अपराह्न पक्राउ गरेको हो ।
प्रहरीले गणेश लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राइफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको थियो ।
यसै गरी निजकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद भएको थियो ।
हातहतियार र गोली सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button