तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापमा असार २ गते सम्म निषेधाज्ञा

रामेछाप । रामेछापमा असार २ गते सम्म निषेधाज्ञा लागुभएको छ । वैशाख १९ देखि लगातार जारी भएको निषेधाज्ञा असार २ सम्म थपिएको हो ।
जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण फैलन नदिनका लागि जिल्लामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याएको छ । जारी आदेश बुधबार मध्यराति सकिँदै गर्दा पुनः एक साताका लागि थप गरिएको हो । उक्त अवधिमा जिल्लामा खाद्यान्न तरकारीलगायतका दैनिक उपभोग्य सामाग्री खरिद गर्न बिहान ९ बजेसम्म पसल खुल्ने तथा साताको ३ दिन दिउँसो २ बजेसम्म बैंक तथा वित्तीय संस्थाले सेवा संचालन गर्ने बाहेकका अन्य सबै प्रकारका पेसा व्यवसाय र सेवा संचालन गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले निषेधाज्ञाको आदेश असार २ गतेसम्मका लागि जारी गर्नु भएको हो ।

रामेछापमा हाल सम्म २ हजार ८० जनामा कोरोना संक्रमण भएको छ भने कोरोना कै कारण हालसम्म ११ जनाले ज्यान गुमाई सकेका छन् । रामेछापमा वैशाख १९ देखि लगातार निषेधाज्ञा लाग्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button