तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयले लिनुभयो शपथ

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विजयी भएका दृगनारायण पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँलाई शपथ खुवाउनुभएको हो ।

दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा उहाँले ११ बजे शपथ लिनुभएको हो ।

गत जेठ १७ गते भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै कांग्रेसका पाण्डेय राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button