तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा  आज १३८ संक्रमित थपिए

पाँचथर । पाँचथर जिल्लामा मङ्गलवार आज एकै दिन १३८ जना संक्रमित थपिएका छन् ।
जिल्लामा हालै गरिएको पीसीआर तथा एन्टिजेट परीक्षणको आज  आएको रिपोर्ट अनुसार १३८ जना संक्रमित थप भएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिले जनाएको छ ।
जिल्लामा हालसम्म १३२४ जना संक्रमित हुँदा निको हुनेको सङ्ख्या हालसम्म ५२९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button