तपाईँ सुन्दै हुनुहुन्छः

साल्ट ट्रेडिङ कर्पोरेसनले बिहान ७–९ बजेसम्म मात्र छुट दिने

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ ।
कम्पनीले मङ्गलवारदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खाद्यान्नमा छुट दिन लागेको हो ।
छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र सहुलियतको खाद्य पदार्थ बिक्रीका लागि बिक्री काउन्टर खुला गर्ने निर्णय गरेको हो ।
सरकारले आगामी आर्थीक वर्षको बजेट मार्फत निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button