तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा असार १ गतेसम्म निषेधाज्ञा थप

घोराही । दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिको मङ्गलवार (आज) घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न पसल र बैङ्कहरू खोल्ने समयलाई हेरफेर गरेको छ । जस अनुसार अव खाद्यान्न पसलहरू हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एव समितिका अध्यक्ष दिर्घनारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अव सबै प्रकारका बैङ्कहरू हरेक दिन बिहान १० देखि २ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

बैठकले होटेल, रेष्टुरेण्ट,बडान्सवार, खाजाघर, कपाल काट्ने पसललगायतका अन्य व्यवसायहरू खोल्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button