तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री भट्टले आज प्रदेशसभामा विश्वासको मत लिने

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।

हिजो प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भए अनुसार सरकारले हिजो विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि आजका लागि सरेको हो ।

सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा नेकपा एमाले स्थायी कमिटी बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यसैबीच हिजो बसेको प्रदेशसभाको दोस्रो बैठकमा आर्थिक वर्ष २०७८/०७९ को पूर्व बजेटमाथि छलफल शुरु भएको छ ।कोभिड-१९ बाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button