तपाईँ सुन्दै हुनुहुन्छः

गोकर्णेश्वरमा जेष्ठ नागरिकलाई मंगलवार खोप लगाइने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा भोलिदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

नगरपालिकाले तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन नगरवासीलाई आग्रह गरेको छ । ६० देखि ६४ वर्ष उमेरका नागरिकले भोलि २५ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार गोकर्णको सहयोगी माध्यमिक विद्यालय र चामुण्डा माध्यमिक विद्यालय नारायणटारमा खोपकेन्द्र तोकिएको छ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाण पत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button