तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरमा जेठ २५ र २६ गते खोप अभियान

काठमाडौं । ललितपुर महानगरपालिकाले जेठ २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ ।

महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरेको हो ।

महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button