तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप चार जनाको मृत्यु

बाँके  । कोरोना भाइरस सङ्क्रमणका कारण  बाँकेमा थप ४ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना र युनाइटेड अस्पताल नेपालगञ्जमा एक जना गरी थप चार जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बासगढी नगरपालिका–८ बर्दियाका ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दियाका ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँकेका ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ का ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ जना र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button