तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा कोरोनाबाट ७ जनाको मृत्यु, थपिए ६३ संक्रमित

चितवन । चितवनका विभिन्न अस्पतालहरूमा विगत २४ घण्टामा सात जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कमा मृत्यु हुनेमा भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा १ जना, पुरानो मेडिकल कलेजमा २ जना र क्यान्सर अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये चितवनका १ जना रहेका छन् भने अन्य ६ जना अन्य विभिन्न जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विगत २४ घण्टामा विभिन्न अस्पतालबाट आज ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
त्यसैगरी विभिन्न अस्पतालहरूमा ३२३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये आइसियुमा १५३ जना, भेन्टिलेटरमा ३७ जना, एचडीयूमा ३५ जना र सामान्य बेडमा १३५ जना रहेका छन् । विगत २४ घण्टामा चितवनमा थप ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।
थपिएका सङ्क्रमितमध्ये भरतपुर महानगरका ४६ जना, खैरहनीका २ जना, माडीका ९ जना, रत्न नगरका १ जना, राप्तीका ३ जना, कालिकाको १ जना र इच्छा कामनाका १ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या २७०० पुगेको छ भने आजसम्म कोरोना सङ्क्रमणबाट २२६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button