तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

धनुषा । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडक खण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नंको ट्र्याक्टरमा पूर्व दिशाबाट आएको रा६प २८६३ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीम दल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ ।
मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिराहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button