तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु 

टीकापुर कैलाली । कैलालीको टीकापुर अस्पतालमा आज थप  एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै टीकापुर अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
त्यसै गरी अस्पतालबाट आज ५ जना बिरामी डिस्चार्ज भएका छन् । योसँगै अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या १ सय ३८ पुगेको छ ।
आज थप ७ जना नयाँ बिरामी अस्पताल भर्ना भएसँगै अस्पतालमा अहिले कोरोनाका लक्षण देखिएका १८ जना बिरामीको उपचार भइरहेको छ ।
१८ जना मध्ये ९ जना एचडियूमा, २ कोरोना जनरल वार्डमा र ७ जनालाई अक्सिजन सहित चिकित्सकको निगरानीमा उपचार भइरहेको डा.उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button