तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जालमार्फत १९ लाख सङ्कलन, राहत वितरण गरिँदै

बाँके । बाँकेको कोहलपुरका सामाजिक कार्यमा सक्रिय युवाहरूद्वारा स्वतन्त्र रुपमा सामाजिक सेवा भावका साथ स्थापना भएको कोभिड खाद्य बैङ्कले खाद्य सामाग्री वितरण सुरु गरेको छ ।
सामाजिक सञ्जालमार्फत सहयोग गर्न अपिल गरेर सुरु गरिएको यो अभियानमा अहिले सम्म १९ लाख रुपैयाँ सङ्कलन भइसकेको खाद्य बैङ्क संयोजक प्रदीप भट्टराईले बताउनुभयो ।
कोभिड खाद्य बैङ्कले कोहलपुर नगरपालिका वडा नं १ र १५ मा अति विपन्न, असहाय, अपाङ्गता लगायत कोभिड प्रभावितलाई खाद्य सामाग्री वितरण सुरु गरिएको हो ।
दुई वडाका १ सय २० घर परिवारलाई २० केजी चामल, २ केजी दाल १ लिटर तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको खाद्य बैङ्कका सह संयोजक भुम भण्डारीले बताउनुभयो  ।
कोभिड खाद्य बैङ्कमा हालसम्म १९ लाख रकम जम्मा भइसकेको पनि भण्डारीको उहाँले बताउनुभयो ।
विभिन्न क्षेत्र, तथा विदेशबाट समेत सहयोग आउने क्रम जारी रहेको भण्डारीले जानकारी दिनुभयो ।
कोभिड खाद्य बैङ्कले प्रत्येक वडामा गएर नाम सङ्कलन गर्ने अनि कोभिडबाट प्रभावित व्यक्तिहरूलाई खाद्यान्न सामाग्री वितरण गर्ने गरेको सह उहाँले बताउनुभयो  ।
कोभिड खाद्य बैक सञ्चालन समितिका सदस्य चेतकान्त भट्टराईका अनुसार सामाजिक सञ्जालमा समस्या परेकालाई बैङ्कले सहयोग गर्ने भन्दै आवश्यक परेकाहरूको विवरण समेत माग गरिएको थियो । सोही अनुरूप समस्यामा परेका कतिपयले त्यही आफ्नो विवरण दिएका थिए । यसरी विवरण दिनेहरूलाई पनि राहत दिने गरिएको भट्टराइले बताउनुभयो ।
आफूहरूले सकेसम्म वास्तविक समस्या भएका कोहलपुर नगरपालिकालगायत अन्य क्षेत्रका व्यक्तिहरूलाई पनि राहत दिने गरिएको उहाँको भनाइ छ ।
स्वस्फुर्तरुपमा यहाँका मनकारीसँगै विदेशबाट समेत अहिले पनि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button